Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

अामा  !
दुख र कष्ट थियो तिमीसित
निको नहुने घाउ पनि थियो
आज प्रकृतिले मुटुमा चोट रोप्यो
तिमी अझ मजबुत बनेर
नयाँ सृष्टि गरिदेउ भनेर !

यो बिपत घडीमा
तिमी दुख्नु हुदैन आमा
कदाचित थाक्नु हुँदैन
हामी तिम्रा सन्तानहरू
तिमी बाँच्दा मात्र बाँच्छौ
तिम्रो लागि हेर त
मन मुटुले
संसारभरि छरिएर पनि एक छौ ।।

तिम्रो आँसुले रूझेका छौ
तिम्रो पीडाले दुखेका छौ
तिम्रो छात्ति चर्किदा
हाम्रो मुटु चस्केको छ
यसैले आमा
तिमीले प्रत्येक बिपतिलाई
कष्टको सबै पहाडलाई
शक्तिमा रूपान्तरण गर्नु पर्छ
बाँचेकै बेला जीवनको
पुनर्निर्माण गर्नुपर्छ ।।

समयको खेल हुन सक्छ
भाग्यले दोहोर्याएको हुन सक्छ
कर्मको फाँटहरू
भुगोलको उपल्लो पाटामा भए पनि
भौगोलिक दूरीले केहि हुन्न
मनको ऐना हेर त आमा
तिमी र म
एकले अर्कालाई बराबरी माया गर्छौ ।।

मायामा दुख्दो रहेछ आमा
तिमीलाई भरखरै प्रकृति प्रकोप पर्दा
मलाई प्रसुति ब्यथा लागे जस्तो
तिमी शोकमा छौ त्यहाँ
म निरास छु यहाँ
समय चक्र फरक होला
तर एउटै आकास
एउटै धर्ती
हाम्रो मुटु एउटै छ
हाम्रो धड़कन एउटै छ ।।

तपाईको प्रतिक्रिया