समाचार सुन्नुहोस :
काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
सरकार र पीडित परिवारबीच आइतबार विभिन्न विषयमा सहमति भएपछि परिवारले आज शव बुझेको थियो। त्यसपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको हो।
मुगुका गणेश नेपालीले असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले आफ्नो मोटरसाइकलमा ह्विल लक लगाएपछि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो।








