Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

नक्सा हाम्रो भूमि भारतको, हुनु नपरोस्
लिपुलेकलाई भारतीयले कदापि, छुनु नपरोस्

हाम्रो जमीन उपभोग हामीले नै गर्नपाऊ
हकवाला दार्चुलेली जग्गा नपाई,रुनु नपरोस्

नयाँ नक्सा पारित गरेकोमा बधाइ छ सरकारलाई
जमिन फिर्ता नल्याई सरकार, तुनु नपरोस्

सुत्दा उठ्दा फरक बोल्ने अहिलेको सरकार
अध्यादेश झै पारित नक्सा, हुनु नपरोस्

नाका बन्दी हुँदा अलि कमाएको लोकप्रियता
निर्मला काण्ड झै फेरि यो, कुनु नपरोस्

सकेसम्म छिटो सरकार जमीनबारे पहल गर
नक्सा मात्र खै जमीन भनी कान, फुनु नफरोस् ।

तपाईको प्रतिक्रिया