Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
sujata_koirala_ecosocजेनेभा- भूतपूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसकी विदेश विभाग प्रमुख सुजाता कोइरालाले स्वीजरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय आर्थिक तथा सामाजिक परिषद २०१३ को वातावरणीय सुरक्षा तथा प्राविधिक प्रवर्तनसम्वन्धी विशेष सम्मेलनलाई बुधवार सम्वोधन गर्नुभएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेतृ कोइरालाले प्राविधिक प्रवर्द्धनमा महिलाको भुमिकाको बारेमा जोड दिनुभएको थियो । उहाँले सहस्राब्दी विकास लक्ष्यको आसन्न समयसीमामा, गरिबी निवारण गर्नु तथा संसारभर दीगो विकासमा लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।
सम्मेलनमा राष्ट्रसंघको उच्चस्तरीय आर्थिक तथा सामाजिक परिषदका उपाध्यक्ष मार्टिन साजदिक लगायतका विभिन्न विज्ञ तथा अन्य सहभागीहरुले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया