Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
काठमाडौँ–  त्रिमूर्ति निकेतनले नेपाली भाषासहित्यको श्रीवृद्धिका लागि प्रत्यक्ष तथा परोक्ष रुपमा क्रियाशील भई योगदान गर्ने काठमाडौँ उपत्यकाका बाहिरका ४१ स्रष्टालाई ‘त्रिभूर्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
ताम्रपत्रका साथै जनही रु दस हजार राशिका ती पुरस्कार त्रिमूर्ति दिवसका अवसरमा आगामी असोज ११ गते काठमाडौँमा प्रदान गरिने छ ।
‘त्रिमूर्ति पुरस्कार’बाट पुरस्कृत हुनेमा अब्दुल लतिफ शौक (बाँके), आरसी रिजाल (मकवानपुर), शिवकुमार प्रधान, प्रेम छोटा, शन्तु श्रेष्ठ र काजी रोशन (बागलुङ), कृष्णकुमारी (खोटाङ), पं. टीकाप्रसाद वस्ती र  प्रा डा गोपाल भण्डारी (सुनसरी), जङ्गबहादुर शाही र गोपीरमण उपाध्याय (रुपन्देही), चितवन शिखरवास र  गोविन्दराज विनोदी (चितवन), चन्द्रकुमार लिम्बू सेर्मा (पाँचथर), विश्वराज पाण्डे, दधिराज सुवेदी र  जय पाण्डे (मोरङ), डिल्लीरमण शर्मा अज्र्याल (धादिङ), सरोज वली, शिवप्रसाद दाहाल, रोहिणीविलास लुइँटेल, नकुल काजी र  तेजराज खतिवडा (झापा), तेजनारायण सेर्मा (ताप्लेजुङ) र निर्मोही व्यास (बारा)  हुनुहुन्छ ।
त्यसैगरी मोदनाथ शास्त्री र बालकृष्ण भट्टराई (रुपन्देही), मङ्गलकुमार नेपाल (रौतहट), रमेश गोर्खाली (पर्सा), राजेश्वर नेपाली (धनुषा),  शान्तिनारायण श्रेष्ठ (पर्वत), श्रीधर पौडेल (दाङ), सदानन्द अभागी (नवलपरासी) र सोमराज अभय (सङ्खुवासभा) ले पनि सो पुरस्कार पाउनुहुने भएको छ ।  त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताउनुभयो ।

तपाईको प्रतिक्रिया