Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि पनि शङ्कास्पद रूपमा पार्किङ गरिएको एउटा गाडी प्रहरीले हटाएको छ। सोमबार बिहान थापाको घरको गेटअगाडि बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उक्त गाडीलाई क्रेनको सहायताले हटाउने काम गरिएको हो।

आजै काठमाडौंका केही सञ्चारमाध्यमका कार्यालयअगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएका सवारीसाधन पनि प्रहरीले हटाएको छ। कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको प्रवेशद्वारमा रोकिएका शङ्कास्पद गाडीहरू पनि क्रेन प्रयोग गरेर हटाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया