Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार मूल्य ३० खर्ब डलर पार गरेको छ, जसले गर्दा यो कम्पनी आइफोन निर्माता एप्पललाई उछिनेर विश्वको दोस्रो बहुमूल्य पब्लिक लिस्टेड कम्पनी बनेको छ।

बुधबारको कारोबारमा कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले वृद्धि भई प्रतिकित्ता १ हजार २२४ डलरमाथि पुगेको थियो। कृत्रिम बौद्धिकताको क्षेत्रमा लगानीको लहर चलिरहेको समयमा गएको वर्षदेखि नै एनभिडियाको शेयर मूल्य बढिरहेको थियो। पछिल्लो वृद्धिसँगै, बजार पुँजीकरणको मामिलामा एनभिडियालाई मात्र अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले अगाडि राखेको छ।

च्याटजीपीटीको निर्माता ओपनएआईमा लगानी गरेयता गएको वर्ष माइक्रोसफ्टको शेयर मूल्य पनि बढिरहेको छ। फेब्रुअरीमा एनभिडियाको बजार पुँजीकरण २० खर्ब डलरको आसपास थियो। गत महिना कम्पनीले शेयर टुक्र्याउने योजना घोषणा गरेयता एनभिडियाको शेयरमा लगानीकर्ताको चासो अत्यधिक बढेको छ।

 

 

तपाईको प्रतिक्रिया