Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई थप कडा सैन्य प्रहार गर्ने चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत टिप्पणी गर्दै ट्रम्पले इरानले बदला लिने प्रयास गरेमा अहिलेसम्मकै शक्तिशाली आक्रमणको सामना गर्नुपर्ने बताएका हुन् ।

‘इरानले कडा आक्रमण गर्ने धम्की दिएको छ, तर उनीहरूले त्यसो नगर्नु नै बेस हुनेछ,’ ट्रम्पले लेखेका छन्, ‘यदि उनीहरूले हमला गरेमा हामी उनीहरूमाथि यस्तो शक्ति प्रहार गर्नेछौँ, जुन यसअघि कहिल्यै देखिएको थिएन ।’

अमेरिकी र इसराइली संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनी मारिएपछि ट्रम्पको यो कडा प्रतिक्रिया आएको हो । उनले एक भिडियो सन्देशमार्फत इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन समेत आह्वान गरेका छन् ।

शनिबार तेहरानस्थित खामेनीको निवास लक्षित गरी भएको हवाई हमलामा ८६ वर्षीय सर्वोच्च नेतासँगै उनकी छोरी, ज्वाइँ र नातिको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो आक्रमणपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो सैन्य कारबाहीको मुख्य उद्देश्य इरानमा ‘नेतृत्व परिवर्तन’ गर्नु रहेको स्पष्ट पारेका छन् ।

इरानी सभामुख मोहम्मद बकिर कालिबाफले अमेरिका र इसराइलले यो आक्रमणको ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सन् १९८९ देखि इरानको नेतृत्व गर्दै आएका खामेनीको अन्त्यसँगै इरानमा अब सत्ता कसको हातमा पुग्छ भन्ने विषयमा विश्वभर चासो बढेको छ । 

तपाईको प्रतिक्रिया