Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं – पूर्णबहादुरको सारङ्गी चलचित्रले हाल बक्स अफिसमा नयाँ कीर्तिमान स्थापित गर्दै राम्रो प्रदर्शन गरिरहेको छ। चलचित्रले लगातार रेकर्ड तोडिरहेको समयमा, कलाकार प्रकाश सपुत भने दर्शकहरूको आलोचनाको केन्द्रमा परेका छन्। चलचित्र रिलिज हुनुअघि सपुत र निर्माण पक्षबीचको विवाद सार्वजनिक भएको थियो। जसका कारण सपुतले चलचित्रको प्रचारमा भाग लिएका थिएनन्।

केही दिनअघि सपुतले सामाजिक सञ्जालमा चलचित्रसँग सम्बन्धित एक पोस्ट गर्दै उनले चलचित्रको हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरेका थिए। तर, यो पोस्टले उनलाई दर्शकबाट आलोचना खेप्न बाध्य बनायो। आलोचनापछि सपुतले माफी माग्दै नयाँ पोस्ट गरेका छन्। उनले आफ्नो अडान र विवादको पृष्ठभूमिमा सम्झौता पूरा नभएकाले केही समय अलग बसेको स्वीकार गर्दै आफ्नो कुरा प्रस्ट पारेका छन्।

तपाईको प्रतिक्रिया