Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

अष्ट्रेलियाको एक अदालतले आफ्ना सात सन्तान र एक भतिजीलाई चक्कु घोपेर हत्या गर्ने महिलालाई सजायँ नदिने घोषणा गरेको छ ।

अदालतका अनुसार महिलाले मुद्दाको सामना गर्नुपर्ने छैन किनभने जतिबेला महिलाले उक्त अपराध गरिन् त्यतिबेला उनको मानसिक सन्तुलन ठिक थिएन ।अदालतले यो मुद्दामा पछिल्लो महिना नै निर्णय सुनाएको थियो जसलाई अहिले सार्वजनिक गरिएको छ ।

ब्रिसबेनको हाई–सेक्युरिटीमा कैद ४० वर्षीया रैना थाइडेलाई सामाजिक जीवन व्यतित गर्ने अनुमती दिइन्छ वा दिइँदैन भन्ने बारे स्पष्ट हुन सकेको छैन । क्यान्स शहरमा उक्त घटनामा मारिएका बच्चाको यादमा घटनास्थललाई भत्काएर एक पार्कमा परिवर्तन गरिएको छ ।

शैतानको आवाज सुनेर गरिन् हत्याः

फोरेन्सिक मनोचिकित्सक डा. जेन फिलिप्सले अदालतलाई बताए, ‘उनले एक पंक्षीको आवाज सुनिन् र यसलाई सन्देश मानेर आफ्नो बच्चालाई सैतानबाट बचाउनका लागि उनको हत्या गरिन् ।’थाइडे आफूलाई र आफ्नो परिवारलाई ‘शैतानबाट मुक्त हुनुपर्ने सोच उब्जिएको थियो ।’

मनोचिकित्सक डा. बर्गिजले थाइडेलाई संसार ध्वस्त हुँदै छ भन्ने लागेका कारण उनले आफ्नै सन्तान र भतिजीको हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनका अनुसार यो सिजोफ्रिनियासँग जोडिएको सबैभन्दा खराब मुद्दा हो ।

न्यायाधिस जिन डाल्छनले थाइडेले हत्या गर्ने बेला आफ्नो भावनामाथि नियन्त्रण गर्न नसकेको प्रमाण प्रशस्तै भएको बताएका छन् । थाइडेका जेठो छोरा लेपिस वारियाले थाइडेलाई घाइते अवस्थामा पाएपछि उक्त दुर्घटनाबारे थाहा भएको जानकारीमा उल्लेख छ । थाइडेले आफूलाई ३५ पटक चक्कुले हमला गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया