Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – एप्पलले आगामी सेप्टेम्बर १० (भदौ २५) मा आईफोन १६ सार्वजनिक गर्ने योजना बनाएको छ। यो कार्यक्रममार्फत एप्पलले आफ्नो नयाँ उत्पादनहरू जस्तै आईफोन, एप्पल वाच र एयरपड्स सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार सोही दिन प्रोडक्ट लञ्च कार्यक्रम आयोजना हुने सम्भावना रहेको छ। यस बारेमा एप्पलले अर्को हप्ता मिडियामा निमन्त्रणा पठाउने सम्भावना छ।

आईफोन १६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार, नयाँ एआई सुविधाहरू र शक्तिशाली ए१८ चिप समावेश हुने अनुमान गरिएको छ। यस मोडेलहरूमा नयाँ डिजाइन, सुधारिएको क्यामेरा प्रणाली र ब्याट्री प्रदर्शनमा पनि सुधार हुने बताइएको छ। एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्समा केही ठूलो डिस्प्ले, नयाँ क्याप्चर बटन र पहिलो पटक एक्सन बटन पनि समावेश गर्ने योजना बनाएको छ।

यसका साथै, एप्पल वाच सिरिज १०, नयाँ एप्पल वाच एसई र रिफ्रेश गरिएको एप्पल वाच अल्ट्रा पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ। एप्पलले एयरपड्स ४ पनि दुई मोडेलमा सार्वजनिक गर्ने तयारी गरेको छ। जसमा हाइ-एन्ड मोडेलमा एक्टिभ नोइज क्यान्सलेसन सुविधा हुनेछ।

तपाईको प्रतिक्रिया