Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट र एक्सलगायत सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारका अनुसार यो कदम बालबालिकालाई हानिकारक सामग्री र एल्गोरिदमबाट जोगाउनका लागि हो।

सञ्चारमन्त्री अनिका वेल्सले दशमध्ये चार बालबालिकाले युट्युबमार्फत हानिकारक सामग्री हेर्ने गरेको भन्दै सामाजिक सञ्जालको स्थान भए पनि बालबालिकालाई लक्षित गर्ने हानिकारक प्रवृत्तिको कुनै ठाउँ नभएको स्पष्ट गरिन्।यसअघि युट्युबलाई शैक्षिक कारणले छुट दिने संकेत भए पनि अन्ततः प्रतिबन्धमा समावेश गरिएको छ। युट्युबका प्रवक्ताले यस निर्णयलाई अप्रत्याशित यू–टर्न भनेका छन् र युट्युबलाई सामाजिक सञ्जाल नभई भिडियो सेयरिङ प्लेटफर्म भएको दाबी गरेका छन्।

यो प्रतिबन्ध विश्वकै कडा कानुनमध्ये एक मानिन्छ। कार्यान्वयनको विस्तृत प्रक्रिया भने अझै सार्वजनिक गरिएको छैन। नयाँ कानुन १० डिसेम्बर २०२५ देखि लागू हुनेछ र उल्लंघन गर्ने कम्पनीलाई ४९.५ मिलियन डलरसम्म जरिवाना हुन सक्छ। टिकटक र मेटाजस्ता कम्पनीहरूले यो कानुनलाई अस्पष्ट, हतारमा बनाइएको र समस्याग्रस्त भन्दै आलोचना गरेका छन्। उनीहरूको भनाइमा यसले मानसिक स्वास्थ्य, अनलाइन सुरक्षा र अभिभावक–किशोरमा अतिरिक्त दबाब सिर्जना गर्नेछ।

तपाईको प्रतिक्रिया