Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिल्म “तेल भिसा” को प्रदर्शनको तयारीमा रहेका अभिनेत्री ऋचा घिमिरे र निर्माता तथा निर्देशक शंकर घिमिरेको जोडी विरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ। उनीहरूलाई अमेरिका पठाइदिने प्रलोभन देखाएर एक व्यक्तिबाट १ करोड २२ लाख रुपैयाँ लिएको आरोप छ।

हिजो बुधबार काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीमा ती व्यक्तिले उजुरी दिएका हुन्। तर प्रहरीले उजुरी दिने व्यक्तिको पहिचान खुलाएको छैन। यद्यपि, उजुरीको व्यहोरा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। घिमिरे दम्पतीले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

अमेरिकामा लामो समय बिताएर नेपाल फर्किएका ऋचा र शंकर हाल आफ्नो नयाँ फिल्म “तेल भिसा” को प्रदर्शन तयारीमा व्यस्त छन्। शंकर निर्देशक र ऋचा अभिनेत्री रहेको यो फिल्म मंसिर ७ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा विपिन कार्की, वर्षा कार्की लगायतका कलाकारहरूले पनि अभिनय गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया