Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउडका चर्चित ‘एक्सन हिरो’ धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ। करिब तीन सय फिल्ममा अभिनय गरेका धर्मेन्द्रले आफ्नो अभिनय यात्रा अर्जुन हिंगोरानी निर्देशित दिल भी तेरा हम भी तेरे बाट सुरु गरेका थिए।

१९६० को दशकमा फूल और पत्थर मार्फत एक्सन स्टारका रूपमा जम्न सफल उनी मेरा गाँव मेरा देश को सफलतापछि बलिउडमा मजबुत रूपमा स्थापित भए। उनका शोले, चुपके चुपके, सत्यकाम, अनुपमा, हकिकत, सीता और गीता, जुगनु, बन्दिनी, धरमवीर, ड्रिम गर्ल र अपने जस्ता फिल्म आज पनि चर्चित छन्। पछिल्लो समय धर्मेन्द्रले करण जौहरको फिल्म रक्की और रानी की प्रेम कहानी मा अभिनय गरेका थिए।

धर्मेन्द्रलाई १० नोभेम्बरमा स्वास्थ्य बिग्रिएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यतिबेलादेखि उनका परिवार र प्रशंसकहरूले स्वास्थ्यलाभको कामना गर्दै आएका थिए। बीचमा उनको निधनबारे अफवाह पनि फैलिएको थियो, तर पछि चिकित्सकहरूले उनलाई घरमै पठाएका थिए। घरमै उपचार भइरहँदा उनको सोमबार निधन भएको परिवारले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया