फोटो
ढुङ्गालाई कुँदेर बनाइएको मुटु
इटहरीको प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु ।
मेहनत…
हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट उत्पादन गरेका विभिन्न किसिमका आकर्षक घरायसी सामग्री ।
चौमासिक परीक्षा दिँदै विद्यार्थी
मुगुको सदरमुकाम गमगढीस्थित महाकाली नुमूना माध्यमिक विद्यालयका विद्यार्थी आइतबार खुल्ला चौरमा प्रथम चौमासिक परीक्षा दिँदै ।
तातोपानी कुण्डमा स्नान गरिँदै
म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गरिँदै । तातोपानीमा दैनिक करीब एक हजार ५०० ले स्नान गर्ने गरेका छन् ।
सूर्योदय…
मुगु जिल्लाको अति रमणीयस्थल रारा तालबाट बिहीबार देखिएको सूर्योदयको दृश्य ।
घोडेपानीमा लालीगुँरास…
लालीगुराँसको सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँसको फूल । तस्बिर : रासस
अतितको पानाबाट : अब यसरी नै जापानमा नेपालीको जमघट होला कि ?
अतितको पानाबाट : अब यसरी नै जापानमा नेपालीको जमघट होला कि ? तस्विर : समुद्रपारि
आहा ! माउण्ट माचुओतो ।
आहा ! माउण्ट माचुओतो ।
जापानमा: प्राकृतिक सौन्दर्यताको एक अनुपम उपहार
जापानमा: प्राकृतिक सौन्दर्यताको एक अनुपम उपहार । तस्विरः विवेक श्रेष्ठ
जापानको प्राकृतिक सौन्दर्यताको एक अनुपम उदाहरण
जापानको प्राकृतिक सौन्दर्यताको एक अनुपम उदाहरण । तस्विरः विवेक श्रेष्ठ
जापानको चियाको भण्डार शिजुओका
जापानको चियाको भण्डार शिजुओका ।
प्रकृतिको अनुपम उपहार रारा !
मुगुको उच्च भू-भाग छाँयानाथ रारा नगरपालिकामा अवस्थित रारा ताल हेर्न विश्वभरबाटै पर्यटकहरु आउने गर्छन । तस्बिर : रासस