Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो –  जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईको स्वागतमा आउँदो १८ तारिख आइतवार टोकियोमा गर्ने भनिएको परिचयात्मक  भेटघाट कार्यक्रम  पछाडि सारिएको छ ।

जापानबासी नेपालीहरुको तर्फ़बाट सबै नेपाली संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुने भनिएको स्वागत तथा परिचयात्मक कार्यक्रम राजदूत डा. भट्टराईकै कार्यब्यस्तताको कारणले गर्दा पछाडि सार्नुपरेको बताईएको छ । आयोजक संस्थाहरु र दूतावासको आपसी परामर्शमा छिट्टै नै उपयुक्त तिथिमिति निर्धारण गरी कार्यक्रमको तय गरिने थाहा भएको छ ।

यसैबीच राजदूत डा. भट्टराईले हिजो १५ तारिख बिहिबार जापानी सम्राट आकिहितो समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र चढाउनुभएको कुरा दूतावास श्रोतले जनाएको छ । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया