Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गरेको छ।

गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहितका चिकित्सक र स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। उक्त घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको थियो भने अस्पतालमा तोडफोडसमेत गरिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकहरूमाथि दुर्व्यवहार भएको भन्दै संघले आपत्ति जनाएको छ।

घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै चिकित्सक संघले देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा एक दिनका लागि बन्द गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया