समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको हो।
कांग्रेस सभापति गगन थापाले साउन ७ गते मात्रै श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए। तर मनोनयन भएको केही समयमै उपचारकै क्रममा उनको निधन भएको हो।
श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनका पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने पार्टीले जनाएको छ।








