समाचार सुन्नुहोस :
काठमाडौँ – दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर निवाससम्म पुर्याएको छ। झापाबाट काठमाडौं आएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलन गर्ने तयारी गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं प्रहरीका एसपी पवन भट्टराईका अनुसार प्रसाईंले विमानस्थलको निषेधित क्षेत्रमा बोल्न खोजेकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै उनलाई नियन्त्रणमा लिई सुरक्षित रूपमा निवाससम्म पुर्याइएको हो। प्रहरीले घटनाबारे आवश्यक निगरानी र सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ।







