Deneme Bonusu Veren Siteler
सोमवार, असार २९, २०८३
Monday, July 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन्द्र (बालेन) सरकारविरुद्ध सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले सरकारले ७८ दिन बितिसक्दा पनि आफूहरूको स्थायी व्यवस्थापन गर्न नसकेको, गैरन्यायिक रूपमा पक्राउ गरिएको तथा पीडितको समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाए। उनीहरूले ‘दमन होइन, न्याय दे’ र ‘अभियन्तामाथिको दमन बन्द गर, होइन भने होस् गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदर्शनकारीका अनुसार सरकारले करिब ७८ दिनअघि थापाथलीलगायत काठमाडौंका विभिन्न स्थानबाट सुकुमबासीलाई हटाएर होल्डिङ सेन्टरमा राखेको थियो। तर हालसम्म स्थायी बसोबासको व्यवस्था नगर्दा आफूहरू थप समस्यामा परेको उनीहरूको गुनासो छ।

तपाईको प्रतिक्रिया