Deneme Bonusu Veren Siteler
शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

टोकियो – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी जापानी समकक्षी सानाए ताकाइचीबीच बिहीबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय वार्ताले दुई देशबीचको सम्बन्धलाई नयाँ सामरिक उचाइमा पुर्याएको छ ।

बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा भारत र जापानबीचको सहकार्यले विश्वव्यापी विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । जापानकी प्रधानमन्त्रीका रूपमा पहिलोपटक भारत भ्रमणमा रहेकी ताकाइचीले मोदीसँगको भेटमा आर्थिक र समुद्री सुरक्षाका क्षेत्रमा रणनीतिक सहकार्यलाई थप मजबुत बनाउने सहमति भएको जानकारी दिइन् ।

यस अवसरमा दुई देशबीच करिब १२० वटा विभिन्न समझदारी पत्र हरूमा हस्ताक्षर भएको छ, जसअन्तर्गत जापानले भारतमा करिब २ खर्ब येन (१२.४ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । विश्व राजनीति र अर्थतन्त्रमा देखिएको अस्थिरताका बीच दुवै नेताले ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिक’ क्षेत्रको अवधारणालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानले यस क्षेत्रमा चीनको बढ्दो सैन्य र आर्थिक दबदबालाई सन्तुलनमा राख्न भारतलाई एक अनिवार्य साझेदारका रूपमा हेरेको छ ।

विशेषगरी ताइवानका सम्बन्धमा प्रधानमन्त्री ताकाइचीले गत नोभेम्बरमा दिएको कडा अभिव्यक्तिका कारण जापान र चीनबीचको सम्बन्ध चिसिएको छ। त्यसैको बदलास्वरूप चीनले जापान जाने महत्वपूर्ण खनिज (रेयर अर्थ) लगायतका सामग्रीको निर्यातमा कडाइ गरेको सन्दर्भमा जापानले भारतसँगको आर्थिक सुरक्षा सम्बन्धलाई प्राथमिकतामा राखेको हो ।

यता, भारतको पनि हिमालय सीमा क्षेत्रमा चीनसँग लामो समयदेखि विवाद कायमै छ । यद्यपि, बलियो आर्थिक सम्बन्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा भन्सार नीतिका कारण भारतले पछिल्लो समय बेइजिङसँगको सम्बन्ध सुधारमा पनि केही लचकता देखाएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) यस्तो क्षेत्र बनेको छ, जहाँ जापानको घनिष्ट सहयोगी अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा छ । चीनले सस्तो लागतमा एआई प्रविधि विकास गरिरहेका बेला जापान र भारतले यस क्षेत्रमा हात मिलाउनुलाई प्रविधिमाथिको लोकतान्त्रिक नियन्त्रण र सुरक्षित विकासका रूपमा हेरिएको छ ।

गत अक्टोबरमा पदभार सम्हाल्नुभएकी प्रधानमन्त्री ताकाइचीको यो पहिलो भारत भ्रमण हो । दुई देशका शीर्ष नेताहरूबीच आलोपालो भ्रमण गर्ने परम्पराअनुसार उनी तीन दिने भ्रमणका लागि बुधबार दिल्ली पुगेकी हुन् ।

तपाईको प्रतिक्रिया