समाचार सुन्नुहोस :
काठमाडौँ – मजानको अवसरमा साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएपछि नेपाल सरकारले साउदी सरकारप्रति धन्यवाद व्यक्त गरेको छ। नेपाल सरकारले साउदीको यो निर्णयलाई दुई देशबीच रहेको मित्रता, विश्वास र मानवीय सम्बन्धको उदाहरणका रूपमा लिएको जनाएको छ।
आममाफी पाएका नेपाली नागरिकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कने अपेक्षा गरिएको छ। नेपाल सरकारले कैदीहरूलाई राहत दिने निर्णय गरेकोमा साउदी सरकार र यस प्रक्रियामा सहयोग गर्ने सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा नेपाल–साउदी सम्बन्ध अझ बलियो बन्ने विश्वाससमेत व्यक्त गरेको छ।








