समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द भएका छन्। निजी पम्पहरूले ‘पेट्रोल र डिजेल छैन’ भन्ने सूचना राखेर बिक्री रोकेका छन्। मूल्य बढ्दा लाभ लिने व्यवसायीहरूले घटेको अवस्थामा भने कृत्रिम अभाव सिर्जना गरेको भन्दै उपभोक्ताले असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत धेरै उपभोक्ताले पेट्रोलियम पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। मूल्य समायोजनपछि पनि उपभोक्ताले सेवा नपाउनु गलत भएको भन्दै सम्बन्धित निकायले अनुगमन र आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।








