Deneme Bonusu Veren Siteler
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको निर्णयअनुसार बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको हो।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको जनाएको छ। यस्तै, हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ।

मूल्य घटेपछि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य भने क्रमशः १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ पुगेको छ। यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ र आधा सिलिन्डरको १ हजार ३० रुपैयाँ कायम गरिएको छ।

मध्यपूर्वमा बढेको तनावका कारण पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेको थियो। अहिले अन्तर्राष्ट्रिय बजारमा अवस्था सहज बन्दै गएपछि मूल्य घटाइएको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया