Deneme Bonusu Veren Siteler
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण आज बुधबार हुने भएको छ। पार्टी महामन्त्री विपिन आचार्यका अनुसार चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई शपथ गराउन लागिएको हो।

शपथ कार्यक्रम बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा आयोजना हुने जनाइएको छ। शपथपछि रास्वपाले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। बैठकमा मनोनीत हुने पदाधिकारी तथा सदस्यका विषयमा छलफल गरिनेछ।

असार ७ देखि १२ गतेसम्म भरतपुरमा भएको रास्वपाको पहिलो महाधिवेशनले रवि लामिछानेलाई सभापतिमा निर्विरोध चयन गरेको थियो। सभापति लामिछानेले भने यसअघि नै भरतपुरमै शपथ लिइसकेका छन्।

तपाईको प्रतिक्रिया