Deneme Bonusu Veren Siteler
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ९४३ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

उनका अनुसार भूकम्पका कारण १० हजार ५०० भन्दा बढी नागरिक घाइते भएका छन् भने १५ हजारभन्दा बढी प्रभावित व्यक्तिको विवरण संकलन भइसकेको छ। उद्धार तथा राहत कार्य सुरु भएयता ६ हजार ४६१ जनालाई जीवितै उद्धार गरिएको उनले बताए।भूकम्पले ठूलो क्षति पुर्‍याएपछि अझै धेरै मानिस भग्नावशेषमा पुरिएको र बेपत्ता रहेको जनाइएको छ। संयुक्त राष्ट्रसंघको पछिल्लो विवरणअनुसार प्रभावित क्षेत्रमा करिब ५० हजार मानिस अझै सम्पर्कविहीन छन्।

बेपत्ता नागरिकको खोजी र उद्धारका लागि विपद् व्यवस्थापन टोली तथा सुरक्षाकर्मीहरू निरन्तर परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया