Deneme Bonusu Veren Siteler
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारबारे आफ्नो धारणा स्पष्ट पारेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जर्मनीको संघीय विदेश मन्त्रालयमा भएको बैठकमा नेपालका कार्यवाहक राजदूतलाई उपस्थित हुन निमन्त्रणा गरिएको तर कुनै किसिमको बोलावट वा दबाब नदिइएको जनाएको छ।

दूतावासका अनुसार उक्त विषयमा कुनै विरोध पत्र वा अन्य दस्ताबेज हस्तान्तरण गरिएको छैन। साथै, मुद्दाको प्रक्रियाबाट आउन सक्ने सम्भावित परिणामबारे कुनै चेतावनीसमेत नदिइएको स्पष्ट पारेको छ।

जर्मनीले न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै दूतावासले अदालतमा विचाराधीन विषयमा सामान्यतया टिप्पणी नगर्ने र यस प्रकरणमा पनि कुनै चरणमा धारणा नदिएको जनाएको छ।

तपाईको प्रतिक्रिया