काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’को भाउमा सामान्य संकुचन देखिएको छ । पछिल्लो केही दिनयता लगातार उकालो लागेको येनको मूल्य आज केही पैसाले घटेर प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम भएको हो ।
राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा रहेको छ । अघिल्लो दिनको तुलनामा येनको भाउमा प्रति १० इकाइ ६ पैसाको गिरावट आएको हो ।
येनको भाउमा केही गिरावट देखिए पनि अमेरिकी डलर र कुवेती दिनारसहितका अन्य शक्तिशाली मुद्राहरूको मूल्य भने अझै उच्च विन्दुमै अडिएका छन् । डलरको खरिद दर १५३.६३ रुपैयाँ र बिक्री दर १५४.२३ रुपैयाँ रहेको छ । नेपाली बजारमा उपलब्ध मुद्राहरूमध्ये सबैभन्दा महँगो कुवेती दिनारको बिक्री दर आज ५०२ रुपैयाँ ७१ पैसा कायम भएको छ । आज बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०७.२५ रुपैयाँ र युरोपियन युरोको बिक्री दर १७९.११ रुपैयाँ पुगेको छ ।
खाडी र मलेसियाको मुद्रा दर (बिक्री दर):
- कतारी रियाल: ४२ रुपैयाँ ३१ पैसा
- युएई दिराम: ४१ रुपैयाँ ९९ पैसा
- साउदी रियाल: ४१ रुपैयाँ १० पैसा
- मलेसियन रिंगिट: ३८ रुपैयाँ ९२ पैसा
- बहराइन दिनार: ४०८ रुपैयाँ ९९ पैसा
यसैगरी, क्यानेडियन डलरको बिक्री दर ११२.०५ रुपैयाँ र अस्ट्रेलियन डलरको ११०.०५ रुपैयाँ कायम भएको छ । दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दर भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले जनाएको छ ।








