समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर तीन लाख रुपैयाँ नाघेको छ। साताको दोस्रो दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै ३ लाख ५ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज उल्लेख्य रूपमा महँगिएको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ९ सय ९५ रुपैयाँ थियो।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय २५ रुपैयाँ कायम गरिएको छ।








