Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा साढे दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यूएईविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल साँझ ५ बजे सुरु हुनेछ । नेपाली क्रिकेटका लागि यो खेल विशेष महत्वको मानिएको छ।

आजको खेललाई ऐतिहासिक बनाउनु कारण त्रिवि मैदानमा पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल आयोजना हुदैछ । यसअघि कीर्तिपुरमा सबै खेल दिनको समयमा हुँदै आएका थिए । मैदान स्तरोन्नतिपछि नेपाली पुरुष टोलीले घरेलु समर्थकमाझ रातिको समयमा पहिलो पटक खेल्न लागेको हो ।

त्रिवि मैदानमा नेपालले पछिल्लो पटक सन् २०२४ मार्चमा नेदरल्यान्ड्सविरुद्ध खेलेको थियो । त्यसपछि मैदानको स्वरूपमा उल्लेखनीय परिवर्तन गरिएको छ । प्यारापिट निर्माण, दर्शक सुविधाको विस्तार तथा आधुनिक फ्लडलाइट जडानपछि मैदान नयाँ स्वरूपमा तयार भएको छ ।

यसपटक नेपाल नयाँ कप्तानीसहित मैदान उत्रँदैछ । नियमित कप्तान रोहित पौडेल टोलीमा नहुँदा दीपेन्द्रसिंह ऐरीले कप्तानी सम्हाल्नेछन् । केही सिनियर खेलाडी टोलीमा नहुँदा नयाँ संयोजनमा नेपालले टी–२० टोलीको नयाँ अध्याय सुरु गर्न लागेको मानिएको छ ।

नेपाल र यूएईबीच हालसम्म टी–२० अन्तर्राष्ट्रियमा ११ पटक प्रतिस्पर्धा भएको छ । ती खेलमध्ये नेपाल ६ पटक विजयी भएको छ भने यूएईले ५ खेल जितेको छ । कीर्तिपुरमा भने दुवै टोलीबीच एक मात्र खेल भएको थियो, जसमा यूएई विजयी भएको थियो ।

पछिल्लो भेटमा भने नेपालले यूएईलाई १ रनले पराजित गरेको थियो । त्यसैले आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेल, कप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा र हेमन्त धामीमाथि समर्थकहरूको नजर रहनेछ । यूएईका कप्तान मुहम्मद वासीम टोलीका प्रमुख खेलाडी मानिएका छन् ।

नेपालको टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल ।

घरेलु मैदान, नयाँ कप्तानी, फ्लडलाइटमा पहिलो अन्तर्राष्ट्रिय खेल र यूएईविरुद्ध प्रतिस्पर्धात्मक इतिहासका कारण आजको खेलप्रति समर्थकहरूमा विशेष उत्साह देखिएको छ ।

तपाईको प्रतिक्रिया