समाचार सुन्नुहोस :
काठमाडौँ – इंग्ल्यान्डमा आयोजना हुने क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ को खेलाडी अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने यसपटक ‘अनसोल्ड’ भएका छन्। सन्दीपले विदेशी खेलाडी श्रेणीअन्तर्गत ३१ हजार पाउन्डको आधार मूल्यमा आफ्नो नाम दर्ता गराएका थिए। तर विदेशी खेलाडीको कोटा पूरा हुँदासम्म उनको नाम अक्सनमा समावेशनै भएन।
अन्तिम चरणमा टोलीहरूलाई थप खेलाडी छान्ने अवसर दिइए पनि कुनै पनि टिमले सन्दीपलाई रोजेन। यसअघि सन् २०२१ मा भने सन्दीप ओभल इन्भिन्सिबल्स टोलीमा एक लाख पाउन्डमा अनुबन्ध भएका थिए। तर उनले त्यस सिजनमा कुनै खेल खेल्ने अवसर पाएनन्। सन्दीपले यसअघि आईपीएल, बीबीएल, बीपीएल र सीपीएलजस्ता विश्वका चर्चित फ्रेन्चाइज लिगमा खेलिसकेका छन्।








