Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – टिकटकले अमेरिकामा आफ्नो सेवा निरन्तर चलिरहने गरी नयाँ सम्झौता भएको घोषणा गरेको छ। यससँगै करिब २० करोड अमेरिकी प्रयोगकर्ताले केही परिवर्तन अनुभव गर्नेछन्। नयाँ व्यवस्था अनुसार अब अमेरिकामा टिकटकको सञ्चालन ‘टिकटक यूएसडीएस ज्वाइन्ट भेन्चर एलएलसी’ नामक छुट्टै कम्पनीले गर्नेछ। जसको सञ्चालक समितिमा अमेरिकी लगानीकर्ताको बहुमत रहनेछ। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्व. भने १९.९ प्रतिशतमा सीमित हुनेछ।

टिकटकको कन्टेन्ट सिफारिस गर्ने एल्गोरिदम अमेरिकी टेक कम्पनी ओर्‍याकललाई लाइसेन्स दिइएको छ। ओर्‍याकलले अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने र सोही डेटाका आधारमा एल्गोरिदम अपडेट गर्नेछ। प्रयोगकर्ताको विवरण ओर्‍याकलको सुरक्षित क्लाउडमा रहने बताइएको छ।

यद्यपि, सम्झौताले राजनीतिक विवाद जन्माएको छ। केही डेमोक्र्याट सिनेटरहरूले पारदर्शिता र विदेशी लगानीबारे प्रश्न उठाएका छन्। यसको लागि नयाँ एप डाउनलोड गर्नुपर्ने छैन। १३ वर्ष मुनिका बालबालिकाका लागि फिचरमा सीमा लगाइनेछ। एल्गोरिदम परिवर्तनले अमेरिकी स्थानीय सामग्रीलाई बढी प्राथमिकता दिन सक्ने अनुमान गरिएको छ। साथै, क्यापकट र लेमन ८ एपको भविष्य पनि सुरक्षित भएको छ।

तपाईको प्रतिक्रिया