Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –

काठमाडौँ – विश्वचर्चित अमेरिकी पप स्टार बियोन्से आधिकारिक रूपमा अर्बपतिको सूचीमा सामेल भएकी छन्। फोर्ब्स म्यागजिनले उनलाई विश्वकै धनी संगीतकर्मीमध्ये एक घोषणा गरेको हो। यससँगै उनी टेलर स्विफ्ट, रिहाना, ब्रुस स्प्रिंगस्टीन र आफ्नै पति जे–जीजस्ता अर्बपति हस्तीहरूको समूहमा पुगेकी छन्।

यसअघि फोर्ब्सले बियोन्सेको कुल सम्पत्ति करिब ८० करोड डलर अनुमान गरेको थियो। तर पछिल्लो समय उनको ‘रेनेसाँ वर्ल्ड टुर’ र सन् २०२४ मा सार्वजनिक भएको एल्बम ‘काउब्वाई कार्टर’ को ठूलो सफलताले उनको सम्पत्ति अर्ब डलर नाघेको हो। सन् २०२३ को सांगीतिक टुरबाट मात्रै उनले करिब ६० करोड डलर आम्दानी गरेकी थिइन्।

‘काउब्वाई कार्टर’ एल्बमले उनलाई पहिलो पटक ग्रामी अवार्डमा ‘एल्बम अफ द इयर’ समेत दिलायो। यसका साथै कन्सर्ट फिल्म, ठूला ब्रान्डसँगको व्यावसायिक सम्झौता र अन्तर्राष्ट्रिय टुरबाट भएको आम्दानीले पनि उनको सम्पत्ति बढ्न मद्दत गरेको फोर्ब्सले जनाएको छ।

तपाईको प्रतिक्रिया