समाचार सुन्नुहोस :
काठमाडौँ – ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
आइतबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच ७ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार बालेन साह भावी प्रधानमन्त्रीको दावेदार हुने र रवि लामिछाने पार्टीको सभापति नै रहने उल्लेख छ।
सहमतिपछि अब पार्टीले चुनावलाई प्राथमिकता दिनुपर्ने र चुनावी प्रचार–प्रसारमा सक्रिय रूपमा लाग्नुपर्ने गुरुङको भनाइ छ। पार्टी चुनावमा केन्द्रित भए राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याको समाधानतर्फ ध्यान दिन सकिने उनले बताए।








