Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच फ्रान्समा भएको पछिल्लो भेटवार्तापछि युक्रेन युद्ध अन्त्य हुनेमा विश्वका शक्तिशाली राष्ट्रहरूको समूह (जी-७) का नेताहरूले ‘सतर्कतापूर्ण उत्साह’ व्यक्त गरेका छन् । मंगलबार भएको सो भेटलाई राष्ट्रपति ट्रम्पले -निकै राम्रो’ भन्दै रुसले अब युक्रेनसँग शान्ति सम्झौता गर्नुपर्ने धारणा राख्नुभएको छ  ।

पाँचौँ वर्षमा प्रवेश गरेको युक्रेन युद्धका सम्बन्धमा ट्रम्पको यो बदलिएको शैलीले धेरैलाई चकित पारेको छ । गत वर्ष ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई ‘रुससँग वार्ता गर्न युक्रेनसँग कुनै बलियो आधार नभएको” भन्दै निराश पारेका थिए । तर, यसपटक युक्रेनले रुसको भित्री भागसम्म ड्रोन आक्रमण गरेर आफ्नो सामर्थ्य देखाएपछि ट्रम्पको दृष्टिकोणमा परिवर्तन आएको कूटनीतिज्ञहरूको बुझाइ छ ।

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हेर्नुहोस्, रुसले अब एउटा सम्झौता गर्नैपर्छ । युद्धको मैदानमा दुवैतर्फका धेरै युवाहरूले ज्यान गुमाइरहेका छन् । यो रोक्नका लागि म जे गर्न सक्छु, त्यो गर्नेछु ।’

जर्मन चान्सलर फ्रेडरिक मर्ज्ले ट्रम्पको यस अभिव्यक्तिलाई ‘खुसीको खबर’ भन्दै प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘मैले उहाँलाई (ट्रम्प) निकै सहयोगी र ध्यान दिएर सुन्ने मुडमा पाएँ । युरोपेली र अमेरिकीहरू मिलेर युद्ध अन्त्य गर्न सबै शक्ति लगाउनेछौँ भन्नेमा म अहिले बढी आशावादी छु ।’

बैठकका क्रममा राष्ट्रपति जेलेन्स्कीले किभको प्रसिद्ध ‘पेचेस्र्क लाभ्रा’ गुम्बामा रुसले सोमबार गरेको मिसाइल आक्रमणपछिको विभत्स तस्बिरहरू ट्रम्पलाई देखाएका थिए । एक युरोपेली कूटनीतिज्ञका अनुसार ती तस्बिरहरू देखेपछि ट्रम्पले रुसी आक्रमणप्रति असन्तुष्टि जनाउनुभएको थियो । जेलेन्स्कीको यो कदमलाई ट्रम्पको ‘मनोविज्ञान’ बुझेर चालिएको एक सफल कूटनीतिक चालका रूपमा हेरिएको छ ।

जी-७ नेताहरूले रुसलाई वार्ताको टेबुलमा ल्याउन उसको तेल निर्यात, बैंकिङ क्षेत्र र सैन्य उत्पादनमा थप कडा प्रतिबन्धहरू लगाउने विषयमा पनि छलफल गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अब युक्रेनको पक्षमा लहर चल्न थालेको छ । रुस थाकिसकेको प्रस्ट देखिन्छ, त्यसैले अहिले नै हामीले युक्रेनलाई दिने सहयोग दोब्बर बनाउनुपर्छ ।’

यसैबीच, फ्रान्सेली कूटनीतिज्ञहरूले जी-७ राष्ट्रहरू युक्रेनलाई थप शक्तिशाली ‘हवाई सुरक्षा प्रणाली’ उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।

युक्रेनका अतिरिक्त सम्मेलनमा इरानसँगको प्रारम्भिक सम्झौताका बारेमा पनि चर्चा भएको छ । राष्ट्रपति ट्रम्पले आगामी शुक्रबारदेखि इरानले बन्द गरेको ‘हर्मुज जलडमरू’ पूर्ण रूपमा खुला हुने र तेलको ढुवानी सुचारु हुने दाबी गर्नुभएको छ ।

यद्यपि, युरोपेली नेताहरूले इरानसँगको यो ‘अल्पकालीन सम्झौता’ले तेहरानको परमाणु र ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई झन् प्रश्रय दिन सक्ने भन्दै ट्रम्पलाई सतर्क गराएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले एक “ठोस र स्थायी सम्झौता” को आवश्यकतामा जोड दिनुभएको छ ।

अमेरिकी वार्ता टोलीको अनुभवहीनताका कारण इरानसँगको दोस्रो चरणको वार्ता जटिल हुन सक्ने र यसले फेरि नयाँ गतिरोध निम्त्याउन सक्ने डर युरोपेली सहयोगीहरूमा देखिन्छ । तर, ट्रम्पले भने इरानले परमाणु हतियार बनाउन नपाउने कुरा सम्झौतामा प्रस्ट लेखिएको दाबी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया