Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

काठमाडौं – फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले इराकलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । स्टार स्ट्राइकर अर्लिङ हालान्डले ‘डेब्यु’ विश्वकपमा दुई गोल गर्दै आफ्नो सनसनिपूर्ण प्रदर्शनलाई विश्वकपमा पनिन निरन्तरता दिए ।

खेलको २९औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाए । इराकले ३९औँ मिनेटमा कप्तान आमेन हुनेको गोलमार्फत खेल १-१ को बराबरीमा ल्यायो। अमिर अल अम्मारीको पासमा हुसेनले गोल गर्दै इराकी समर्थकलाई उत्साहित बनाएका थिए ।

तर बोस्टन स्टेडियममा पहिलो हाफ सकिनुअघि नै हालान्डले ४३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः २-१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा नर्वेले खेलमाथि नियन्त्रण कायम राख्यो ।

७६औँ मिनेटमा डिफेन्डर लियो स्किरी ओस्टिगार्डले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै नर्वेको अग्रता ३-१ मा पुर्‍याए । इन्जुरी समयको छैटौँ मिनेटमा इराकका हुसेनबाट आत्मघाती गोल भएपछि नर्वेको जित ४-१ मा सुनिश्चित भयो । जितसँगै नर्वेले ४ दशक पछि फर्किएको विश्वकपमा सुखद सुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया