Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (पानी तताउने यन्त्र) विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। विस्फोटमा अन्य पाँच जना कामदार घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान हुन बाँकी छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार विस्फोटको खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उद्धार कार्य गर्नुका साथै घटनाबारे अनुसन्धान सुरु गरेको छ।

विस्फोट निकै शक्तिशाली भएकाले उद्योग परिसरमा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ। ठूलो आवाजसहित भएको विस्फोटका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। थप जोखिम हुन नदिन सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन्।

तपाईको प्रतिक्रिया