समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले तीन ठूला दलका शीर्ष नेताहरूको बैठक बोलाएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि ( शनिबार ) नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच संयुक्त बैठक बस्नेछ।
बैठकको समय तय गर्न आज सञ्चारमन्त्री जगदीश खरेलले तीनै दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। सबै नेतासँग भेट सकेपछि बैठकको समय निश्चित गरिने बताइएको छ।
प्रधानमन्त्री कार्की चुनावी वातावरण बनाउन निरन्तर राजनीतिक दलहरूसँग संवादमा छिन्। यसअघि बुधबार उनले राष्ट्रपतिसहित तीनै दलका शीर्ष नेताहरूसँग छलफल गरेकी थिइन्। सोही छलफलमा अर्को शीर्ष बैठक बालुवाटारमा गर्ने सहमति भएको थियो।








