Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। खरेल भक्तपुरको गुण्डुस्थित ओलीको निवास पुगेर भेटवार्ता गरेका हुन्।

भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र फागुन २१ गते तोकिएको निर्वाचनका विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा सञ्चारमन्त्री खरेलले शनिबार हुने तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीचको वार्ताका लागि ओलीलाई निम्ता पनि दिएका छन्।

यसअघि आजै खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। ओलीसँगको भेटपछि खरेलको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

 

 

तपाईको प्रतिक्रिया