Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लगातार तीन दिनसम्म नयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्य आज घटेको छ। गएको सोमबारदेखि बढ्दै आएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको हो।

सोमबार सुन तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै त्यस समयसम्मकै उच्च मूल्य कायम भएको थियो। त्यसपछि मंगलबार सुनको भाउ बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको थियो। बुधबार भने सुनको मूल्य अहिलेसम्मकै उच्च २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य अहिलेसम्मकै उच्च तोलाको ४ हजार ४ सय २० रुपैयाँ पुगेको थियो।

 
 

तपाईको प्रतिक्रिया