Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन्। मान्यता अनुसार दुई हजार वर्षअघि डिसेम्बर २५ मा येशुको जन्म भएको थियो। उनले दिएको प्रेम र शान्तिको सन्देशको कारण यस दिनलाई प्रेम, शान्ति र मुक्ति दिवसको रूपमा मनाइन्छ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार, नेपालमा २०६३ सालपछि यो पर्व महोत्सवका रूपमा मनाउन थालिएको हो। आज काठमाडौंमा ‘क्रिसमस महोत्सव–२०८२’ आयोजना भएको छ। नेपालमा २०६३ देखि २०७४ सम्म यो दिन सबैका लागि सार्वजनिक बिदा थियो। २०७५ देखि २०७७ सम्म यो बिदा क्रिश्चियन समुदायमा सीमित थियो। २०७८ देखि फेरि सबैका लागि सार्वजनिक बिदा बनाइएको छ।

काठमाडौंको ठमेल, बौद्ध, पोखरा र सौराहा जस्ता ठाउँहरू क्रिसमस ट्री र बत्तीले सजिएका छन्। महासङ्घका अनुसार नेपालमा करिब ३० लाख क्रिश्चियन र १३ हजारभन्दा बढी चर्च रहेका छन्। आज देशभर सार्वजनिक बिदा छ।

 

तपाईको प्रतिक्रिया