Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी मोडेल एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन्। बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै उनले पार्टी सदस्यता लिएकी हुन्। आजपा अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले गौतमलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रवेशपछि गौतमले समाजसेवामा सक्रिय रहँदै राजनीतिमार्फत जनताका मुद्दा अझ सशक्त रूपमा उठाउन चाहेकाले आजपामा आबद्ध भएको बताइन्। उनले आजपाले उठाउँदै आएका नीति, विचार र मुद्दा देश र नेपाली जनताको हितमा केन्द्रित रहेको उल्लेख गरिन्। समाजसेवाका कामलाई अझ प्रभावकारी बनाउँदै अघि बढाउने उनको भनाइ छ।

पछिल्लो समय विभिन्न दल परित्याग गरी आजपामा प्रवेश गर्ने क्रम बढ्दै गएको छ। आजपा सचिवालय सदस्य सुभाष साहका अनुसार नेपाली कांग्रेस निकट जनजाति महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, कांग्रेस सर्लाहीका नेता तथा पूर्वमुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीकी केन्द्रीय सदस्य ललिता चौधरीलगायत नेता पनि आजपामा प्रवेश गरेका छन्।

प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनको रणनीति, उम्मेदवार छनोटका मापदण्डलगायत विषयमा छलफल गर्ने आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया