Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – दीपक आचार्यद्वारा निर्देशित फिल्म ‘परान’ ले १७ करोड नजिक कारोबार गरेको छ। चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार, मंसिर २० गतेसम्म फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँ कमाइ गरेको छ।

सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ ले सोही अवधिसम्म १२ करोड २६ लाख ६ हजार २ सय ४० रुपैयाँ कमाएको छ।
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी २’ ले ६ करोड २३ लाख ६९ हजार २ सय रुपैयाँ कमाएको उल्लेख छ। यस्तै, टंक बुढाथोकी निर्देशित ‘मन विनाको धन’ ले ३ करोड ७९ लाख २ हजार ८ सय ७९ रुपैयाँ कमाइ गरेको छ।

यसअघि सार्वजनिक भएका फिल्महरूका बीच, एकता पौडेल निर्देशित ‘हर्ष’ को व्यापार भने निकै कमजोर देखिएको छ। फिल्मले हालसम्म २८ लाख २ हजार ३ सय ४६ रुपैयाँ मात्र कमाउन सकेको रिपोर्टमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया