समाचार सुन्नुहोस :
काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय थप्ने तयारी गरेको छ। यस विषयमा निर्णय गर्न आयोगका पदाधिकारीहरू बुधबार साँझ वैठकमा बसेका छन्।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार केही दलहरूले दर्ताका लागि समय थपिदिन आग्रह गरेकाले आयोग समय बढाउने तयारीमा छ। उनका अनुसार दलहरू दर्ता गराउने क्रममा अझै नयाँ दलहरू आउने क्रम जारी छ।
बुधबारसम्म निर्वाचन प्रयोजनका लागि ८० भन्दा बढी दल दर्ता भइसकेका आयोगले जनाएको छ।








