Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने मानिसका लागि मेडिकल परीक्षण शुल्क बढाउने निर्णय गर्दै परिपत्र जारी गरेको छ। बुधबार चिकित्सा सेवा प्रदान गर्ने सबै मेडिकल व्यवसायीलाई नयाँ शुल्क लागू गर्न मन्त्रालयले निर्देशन दिएको हो।

नयाँ परिपत्रअनुसार ३४ प्रकारका स्वास्थ्य परीक्षण सहितको मेडिकल शुल्क अब नेपाल सरकारले तोकेअनुसार ९,५०० रुपैयाँ अनिवार्य रूपमा लिनुपर्नेछ। यो व्यवस्था मंसिर १० गतेदेखि लागू हुनेछ।

पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले २०८१ मंसिरमा नै स्वास्थ्य परीक्षण शुल्क ९,५०० रुपैयाँ कायम गर्ने निर्णय गरेका थिए। तर त्यतिबेला विरोध भएपछि निर्णय कार्यान्वयन रोकिएको थियो। अहिले भने मन्त्री नभएको अवस्थामै मन्त्रालयले सो शुल्क लागू गर्ने परिपत्र जारी गरेको हो।

पहिले मेडिकल परीक्षण शुल्क ३,५०० देखि ६,५०० रुपैयाँसम्म रहेका थिए। मलेसिया जाने कामदारका लागि भने पहिले नै ९,८०० रुपैयाँ लिइँदै आएको थियो।

 

 

तपाईको प्रतिक्रिया