समाचार सुन्नुहोस :
काठमाडौँ – मध्य नाइजेरियामा बन्दुकधारी समूहले एक क्याथोलिक विद्यालयबाट २०० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेका छन्। यो घटना यसै हप्तामा भएको ठूलो अपहरणमध्ये दोस्रो हो। सशस्त्र समूहले नाइजर राज्यको पापिरीस्थित सेन्ट मेरी स्कूललाई लक्षित गरेको हो। यहाँ सुरक्षा जोखिम बढेपछि अधिकारीहरूले पहिले नै धेरै बोर्डिङ स्कुल बन्द गरिसकेका थिए।
नाइजेरियाको क्रिश्चियन एसोसिएसनका अनुसार शुक्रबार बिहान २१५ विद्यार्थी र १२ कर्मचारीलाई अपहरण गरिएको छ। पछिल्ला केही दिनयता नाइजेरियाका विद्यालयहरूमा सशस्त्र समूहको आक्रमण बढ्दो छ। यसअघि सोमबार पनि नाइजर राज्यकै एक बोर्डिङ स्कुलबाट २० भन्दा बढी बालिका अपहरणमा परेका थिए।








