समाचार सुन्नुहोस :
काठमाडौँ – ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ लन्डनमा सम्पन्न भएको छ। कार्यक्रममा अभिनेता प्रदीप खड्काले ‘पपुलर एक्टर’ र स्वस्तिमा खड्काले ‘पपुलर एक्ट्रेस’को अवार्ड पाए। अभिनेत्री उपासना सिंह ठकुरीले ‘खुस्मा’बाट उत्कृष्ट अभिनेत्री बनिन् भने विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’बाट उत्कृष्ट अभिनेता जिते।
‘छक्का पञ्जा ५’ उत्कृष्ट फिल्म घोषित भयो। यही फिल्मका निर्देशक दीपाश्री निरौलाले उत्कृष्ट निर्देशक र दीपकराज गिरीले उत्कृष्ट पटकथा अवार्ड पाए। ‘द आउट ल : दफा २१९’बाट साहिल खानले उत्कृष्ट सम्पादन, ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार र प्रमोद अग्रहरी उत्कृष्ट खलपात्र बने।
‘कार्साङ’बाट जितु नेपाल उत्कृष्ट सह–अभिनेता भए। सह–अभिनेत्रीमा सृजना सुब्बा(अञ्जिला) र ऋचा घिमिरे (तेल भिसा) सम्मानित भए। नव कलाकारमा विवेक कर्माचार्य र सृजना निङलेखु विजयी बने। नृत्य निर्देशनमा सुनिल श्रेष्ठ र गम्भीर विष्टले ‘छक्का पञ्जा ५’बाट अवार्ड पाए। ‘रुकुमै कोट’बाट शान्तिश्री परियार उत्कृष्ट गायिका र ‘रैयाँ चाँदीको’का गायक उत्कृष्ट गायक घोषित भए। संगीतकारतर्फ थानेश्वर गौतमले अवार्ड जिते।
‘सतीदेवी’ र निर्देशक कृषा चौलागाईंलाई स्पेशल मेन्सन दिइयो। ‘इन्करेजमेन्ट अवार्ड’ सुमन भन्डारी र दिव्या रायमाझीले पाए। सार्वजनिक रोजाइतर्फ दीपकराज गिरी (छक्का पञ्जा ५) र नीता ढुंगाना (ह्रस्व दीर्घ) विजयी बने। जुरी अवार्डमा मिलन चाम्स उत्कृष्ट निर्देशक, महेश त्रिपाठी उत्कृष्ट अभिनेता र दीया मास्के उत्कृष्ट अभिनेत्री भए। ‘पूर्णबहादुरको सारङ्गी’ ‘ब्लकबस्टर मूभी अफ दि इयर’ बन्यो। ‘तेल भिसा’ले डायस्पोरा अवार्ड पायो। तेरिया मगर ‘परफर्मर अफ दि इयर’ घोषित भइन्।
कार्यक्रममा नेपालबाट ठूलो कलाकार समूह सहभागी भयो। यस वर्ष अभिनेत्री शर्मिला मल्ललाई दीर्घ साधना सम्मान र फुटबलर एन्जिला तुम्हाम्फे सुब्बा तथा कविता नेपालीलाई विशेष प्रेरणा सम्मान प्रदान गरिएको थियो।








