समाचार सुन्नुहोस :
काठमाडौँ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ता अघि उनलाई अस्पताल भर्ना गरिएको थियो।
उनी उपचाररत ब्रीच क्यान्डी अस्पतालका चिकित्सक डा. प्रीत सम्दानीका अनुसार धर्मेन्द्रलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो।धर्मेन्द्रको स्वास्थ्यबारे सोध्दा डा. सम्दानीले भने, “म यसबारे बढी केही भन्न सक्दिन, उनलाई घर लैजाने निर्णय परिवारले गरेको हो।”
यसअघि, मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले केही सञ्चारमाध्यममा आएको ‘मृत्युको हल्ला’ प्रति कडा आपत्ति जनाएका थिए। उनीहरूले धर्मेन्द्रको स्वास्थ्यमा सुधार भइरहेको जनाएका थिए।








