Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानी महिला टेक्नो-पप समूह पर्फ्युमकी सदस्य आ-चानले आफूले आफ्नो ‘सबैभन्दा मिल्ने साथी’ र ‘प्रशंसक’ दुवै भएको एक व्यक्तिसँग विवाह गरेको मंगलबार घोषणा गरेकी छिन् । यो घोषणा लोकप्रिय त्रिकुटले सन् २०२६ मा निष्क्रिय हुने योजना सार्वजनिक गरेको केही महिनापछि आएको हो ।

३६ वर्षीया गायिका (जसको वास्तविक नाम आयाका निशिवाकी हो)ले इन्स्टाग्राममा भनिन्, ‘उहाँ लामो समयदेखिको साथी हुनुहुन्छ… र मलाई तथा पर्फ्युमलाई हृदयदेखि समर्थन गर्ने एक प्रशंसक हुनुहुन्छ ।’ उनले थपिन्, ‘मेरो प्रशंसकसँग विवाह गर्नु मेरो सपना थियो !’

उनले आफ्ना पति एक ‘साधारण व्यक्ति’ भएको पनि बताइन्, जसको अर्थ उनी मनोरञ्जन उद्योगमा संलग्न छैनन् । पर्फ्युम समूह सन् १९९९ मा हिरोसिमा प्रिफेक्चरमा काशीयुका र नोच्चीसँग मिलेर बनेको थियो । यसले सन् २००५ मा प्रमुख लेबलमा डेब्यु गरेदेखि नै आफ्नो सिंक्रोनाइज्ड, रोबोटिक नृत्य शैली र हिट धुनहरूद्वारा जापान र विदेशमा प्रशंसकहरूलाई मोहित पार्दै आएको छ । गत सेप्टेम्बरमा, समूहले अर्को वर्ष ‘कोल्ड स्लिप’मा जाने घोषणा गरेको थियो ।

 

तपाईको प्रतिक्रिया