Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाली लोकसंगीतको बजारमा एक नयाँ मौलिक लोकभाका ‘शिरमा फूले माया’ सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका तृष्णा घर्तीमगरको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले छोटो समयमै स्रोता तथा दर्शकको ध्यान खिच्न सफल भएको छ ।

गीतमा ख्यातिप्राप्त गायक खड्ग गर्बुजा र गायिका तृष्णा घर्तीमगरको सुमधुर स्वर रहेको छ । विशेषगरी, गीतको सवाल-जवाफ शैलीले यसलाई थप जीवन्त बनाएको छ । गीतका शब्द तथा संगीत स्वयं गायक गर्बुजाले नै तयार पारेका हुन्, जसमा मौलिकता र सरलताको उत्कृष्ट संयोजन पाइन्छ । गीतको एरेन्ज सागर विराहीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कृष्ण लामिछानेले सम्हालेका छन् ।

गीतको म्युजिक भिडियोले यसको भावलाई अझ गहिराइ प्रदान गरेको छ । भिडियोमा नेपालको रमणीय हिमाली तथा पहाडी भेगका मनमोहक दृश्यहरू कैद गरिएका छन् । भिडियोमा कलाकारद्वय मनोज गुरुङ र विविशा घर्तीमगरको जीवन्त अभिनय देख्न सकिन्छ । उनीहरूको सरल र मनछुने प्रस्तुतिले गीतको कथालाई न्याय गरेको छ ।

एकिन्द्र सराशंकरको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोलाई करण चैसिरले खिचेका हुन् । भिडियोको सम्पादन तथा कलरिङ सुजन कोइरालाले गरेका छन् । ‘शिरमा फूले माया’ उत्कृष्ट शब्द, संगीत, स्वर र भिडियोको एक पूर्ण प्याकेज बनेको छ । यो गीतले नेपाली लोकसंगीतका स्रोता तथा दर्शकको मन जित्नेमा विश्वास लिन सकिन्छ । धौलागिरी क्षेत्रका ग्रामिण बस्तीको रैथाने लोकलयलाई गीतमा सुन्दर ढंगले उनेर मनमोहक शैलीमा संयोजन गरिएको सिर्जनाले सालैजो तथा शिरफुले गीतका पारखीहरुलाई गजवको कोसेली हुने अपेक्षा गरिएको छ । ***  

हेर्नुहोस् भिडियो :-

तपाईको प्रतिक्रिया